सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच

Nagarik Sewa 4435+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइ रहेका थप एक घाइतेको मृत्यु भएपछि सो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको हो । अन्य पाँच जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

उक्त सडकखण्डमा आज बिहान मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा माइक्रोबसका यात्रु गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, नाम नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकाहरुको भरतपुर अस्पताल र चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै