अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु

Nagarik Sewa 4435+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

काठमाडौं। अफगानिस्तानमा बसमा दुर्घटना हुँदा १७ जना बालबालिका सहित ७३ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू थिए। तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताएका छन् ।

बसमा सवारमा सबैको मृत्यु भएको र ठोक्किएको अरू दुई सवारीमा रहेका दुई जनाले समेत ज्यान गुमाएका छन् । हालैका महिनामा गृहयुद्धका कारण अफगानिस्तानबाट भागेका अफगानी नागरिकलाई इरानले स्वदेश फिर्ता पठाउनेक्रमलाई तीव्रता दिएको छ । सन् १९७० को दशकमा लाखौं अफगानी भागेर इरान र पाकिस्तान गएका थिए ।

सन् १९७९ मा अफगानिस्तानमा शोभियत संघको आक्रमणका दौरान र सन् २०२१ मा तालिबान पुनस्सत्तामा आएपछि अफगानीहरूले अन्य मुलुक पलायन हुनेक्रम बढेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार