नव नियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

Nagarik Sewa 4431+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

काठमाडौं। आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा अन्तरिम सरकारकी नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ। गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहणको व्यवस्था मिलाइएको थियो। प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाइएको छ।

पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचोरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यापर्ण गर्नुभएको छ। जेनजी प्रतिनिधिहरूको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो। कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ।  यसअघि शनिबार प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न विभिन्न अस्पताल पुग्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार