काठमाडौं। सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बनेको सलोन बस्नेतको फिल्म ‘रंगी’को प्रदर्शन मिति फागुन २ गतेलाई तोकिएको छ। फिल्मको पोस्टर र मोसन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो।
पोस्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ। ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा आयुषी र सलोनलाई गम्भीर भावमा देखाइएको छ।
त्यस्तै मोसन पोस्टरमा सलोन, आयुषी र नम्रता श्रेष्ठलाई देख्न सकिन्छ। सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन, नम्रता, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ।
फिल्म ‘रंगी’ सलोनको डेब्यु निर्माण हो। सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ।‘नेपाली बाबु’बाट बाल कलाकार बनेर अभिनयमा छिरेका सलोनले फिल्म ‘होस्टल’देखि ‘हिरो’का रूपमा अभिनय गरेका हुन्।