गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

Nagarik Sewa 4431+ समाचार ( )
१३ कार्तिक २०८२, बुधवार

बुटवल। रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो। प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा सैनामैना ८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते सबैको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् । उनीहरुको टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमा नै थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार