कुवेतमा विशाक्त मदिरा सेवनका कारण अहिलेसम्म १६ नेपालीको मृत्यु

Nagarik Sewa 4487+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। विशाक्त मदिरा सेवनका कारण कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ। एनआरएनए एनसिसी कुवेतका अनुसार कुवेतमा केही दिनदेखि मिथानोल मिसिएको मदिरा सेवनका कारण नेपाली सहित २३ जना आप्रवासीको मृत्यु भइसकेको उल्लेख छ। मदिराका कारण १६० भन्दा बढी विरामी परेका थिए। 

कुवेतमा मदिरा, लागूऔषध प्रयोग, उत्पादन, बिक्री वितरण र ओसारपसार पूर्ण रूपमा निषेध गरिएको छ। प्रतिबन्धका बाबजुद नेपालीहरू संलग्न हुँदा ठूलो संख्यामा मानवीय क्षति बेहोर्नु परेको भन्दै एनआरएनए कुवेतले दुःख व्यक्त गरेको छ। प्राणघातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवन नगर्न र कुवेतको कानुनले बन्देज गरेको कुनै पनि काम नगर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार