आज नेप्सेमा दोहोरो अंकको गिरावट

Nagarik Sewa 4180+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक २१.४८ अंकले घटेको छ । शून्य दशमलव ८१ प्रतिशतले घटेर नेप्से २६ सय ९ दशमलव ६९ विन्दुमा ओर्लिएको छ ।  कुल ४६ कम्पनीको मूल्य बढ्यो, २०४ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

साताको पहिलो कारोबार दिन आइतबार सबै उपसमूह घटे । घट्ने उपसमूहमा होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन लगायत अघि रह्यो । नेप्सेका अनुसार ८९ हजार ७३१ पटकको सेयर किनबेचमा ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार मात्रै १ करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर किनबेच भए ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । झापा इनर्जीको सेयर मूल्य ९.९९, मेन्छियाम हाइड्रोपावरको ५.३७, आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चरको ३.८२ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार