सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुन्छः ऊर्जामन्त्री घिसिङ

Nagarik Sewa 4180+ समाचार ( )
९ मंगशिर २०८२, सोमबार

काठमाडौं। ऊर्जा, सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारले घोषणा गरेको मिति फागुन २१ मै निर्वाचन हुने बताउनुभएको छ। सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यस्तो बताउनुभएको हो।

उहाँले निर्वाचनका विषयमा सरकारले राजनीतिक दलहरूसँग छलफल गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो ,'निर्वाचन समयमा हुन्छ। सरकार निर्वाचन केन्द्रित काम गरिरहेको छ। सबै राजनीतिक दल निर्वाचनमा जानुको विकल्प छैन।'

उहाँले अहिले निर्वाचनको लागि राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भइरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार