मुख्य समाचार
एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदै | आज साफ महिला क्लब च्याम्पियनसिपमा दुई खेल हुँदै | गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी जारी | रूस-युक्रेन युद्ध रोक्न जेलेन्स्कीसँग दुई घन्टा फोनमा कुराकानी | ६ महिने छोराको घाँटी रेटेर हत्या गरेको आरोपमा असई पक्राउ | थाइल्यान्डले सुरु गर्यो कम्बोडियामाथि हवाई आक्रमण | सुनको मूल्यमा सामान्य वृद्धि | पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी | ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका | १४ वर्ष उमेर पूरा भएका विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन पाउने |

२० वर्षभन्दा बढी योगदान दिएका ९७ जना चलचित्रकर्मी परिचयपत्र

Nagarik Sewa 3628+ समाचार ( )
२९ पौष २०८१, सोमबार

काठमाडौं। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका ९७ जना चलचित्रकर्मीलाई चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । सोमबार चलचित्र विकास बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र प्रदान गरेका हुन् । 

उक्त अवसरमा अध्यक्ष डिसीले परिचयपत्र चलचित्रकर्मीहरूको पहिचान, सुरक्षा र सम्मान सुनिश्चित गर्न महत्त्वपूर्ण कदम भएको बताए । ‘यो कदमले चलचित्रकर्मीको पेसागत परिचयलाई औपचारिक मान्यता दिँदै उनीहरूको अधिकार र सुविधामा सहज पहुँच दिलाउनेछ’, उनले भने ।

परिचयपत्र वितरण कार्यक्रमले चलचित्रकर्मीहरूलाई पेसागत पहिचान मात्र होइन, कानुनी सुरक्षा, सरकारी सेवा र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर पनि प्रदान गर्ने लक्ष्य बोर्डको छ । यसले चलचित्रकर्मीहरूको डाटाबेस निर्माण गर्न सहयोग पुग्ने र चलचित्र उद्योगको व्यवस्थापनलाई व्यवस्थित बनाउने अपेक्षा बोर्डको हो ।

चलचित्रकर्मीहरूको सामाजिक सम्मान वृद्धि, फिल्म निर्माण तथा सुटिङका लागि सहजीकरण र सामाजिक सुरक्षा योजनामा सहभागी गराउने पहलका लागि परिचयपत्र महत्त्वपूर्ण मानिन्छ । 

प्रतिक्रिया

fuzz4321@gmail.com २९ पौष २०८१, सोमबार

Frawle

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार