म्यानमारको सैनिक सरकारले गर्यो संकटकाल अन्त्य

Nagarik Sewa 4497+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

काठमाडौं। म्यानमारको सैनिक सरकारले संकटकाल अन्त्य गरेको छ । आगामी डिसेम्बरमा आमनिर्वाचन गराउनका लागि बिहीबार ४ वर्ष लामो संकटकाल हटाइएको हो ।

सेनाले बहुदलीय प्रजातन्त्र स्थापनाका लागि ६ महिनाभित्र निर्वाचन गराउने जनाएको छ । सैनिक प्रवक्ता जाव मिन तुनले भनेका छन्, ‘बहुदलीय प्रजातन्त्रको बाटोमा देशले चुनाव गराउनका लागि बिहीबार संकटकाल खारेज गरिएको छ, ६ महिनाभित्र चुनाव गरिने छ ।’ तर सेनाले निर्वाचन मिति भने तोकेको छैन । तर दल दर्ताको काम भने भइरहेको छ ।

सेनाले सन् २०२१ फेब्रुअरीमा प्रजातान्त्रिक नेतृ आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको थियो । सत्ता हातमा लिएसँगै सेनाले देशभर संकटकाल घोषणा गरेको थियो । सेनाले नागरिक सरकारलाई अपदस्थ गरेयताको गृहयुद्धमा हजारौँ मानिसको मृत्यु भएको छ ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको शक्ति हातमा लिएका सेना प्रमुख मिन आङ हलाइङले ६ महिनाभित्र निर्वाचन गरिने बताएका छन् ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार