लागूऔषध सहित ८ जना पक्राउ

Nagarik Sewa 4180+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

धनगढी। कैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषध सहित कैलालीमा दुई र कञ्चनपुरमा ६ जनागरी एकैदिन ८ जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीको टिकापुर नगरपालिका–९ खक्रौला भन्सार चेकपोष्ट नजिक लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका १ छापापुरका २८ वर्षीय धर्मेन्द्र आचार्य र २९ वर्षीय आशिष नेपाली रहेका छन् ।

शंकास्पद रूपमा चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ९९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । उनीहरूलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरिया क्षेत्रमा समेत प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले गुलरियास्थित २१ वर्षीय गणेश बोहराको घरमा खानतलासी गर्दा घरको ग्यालरीमा लुकाएर राखेको अवस्थामा ७ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ ।

लागुऔषधसहित घरभित्र शंकास्पद रूपमा रहेका २३ वर्षीय मिलन भट्ट, २२ वर्षीय रिदम भट्ट, ३२ वर्षीय हर्क देउवा, २१ वर्षीय पारस जोशी र ३० वर्षीय गणेशबहादुर बिष्टलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गुलरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार