डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द

Nagarik Sewa 4196+ समाचार ( )
९ आश्विन २०८२, सोमबार

काठमाडौं।  सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत विनय खोलाको  डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो । 

उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट सुरक्षा फौज परिचालन गरिएको छ । यसैबिच सोमबार बिहानको वर्षाले गोरखाको गोरखा नगरपालिका– ८ ढुङ्गागाडेस्थित गोरखा आरुघाट– बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएको छ । यससँगै  सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको सशस्त्र प्रहरीले जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार