४.०४ प्रतिशतले बढ्यो धान उत्पादन

Nagarik Sewa 4466+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन ४.०४ प्रतिशतले बढेको छ। यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको हो । मन्त्रालयका अनुसार यो वर्ष उत्पादकत्व बढेको छ ।

चैते र वर्षे दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यो क्षेत्रफल भने गत आवको १।२८ प्रतिशतले कमी हो । 

यो वर्ष औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । समग्रमा चैते धानको उत्पादकत्व वर्षेकोभन्दा बढी देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशगत हिसाबले कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिममा धान उत्पादन बढेको छ । गण्डकी र कर्णाली प्रदेशमा भने घटेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार