नेकपा सचेतक दुलालद्वारा सरकारलाई संसद्प्रति जबाफदेही बन्न आग्रह

Nagarik Sewa 4466+ समाचार ( )
४ जेठ २०८३, सोमबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बन्न आग्रह गर्नुभएको छ। सोमबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले उक्त आग्रह गर्नुभएको हो। 

प्रतिपक्ष दल नेकपाका प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रूपमा स्थापित हुने गरी नियमावलीमा आवश्यक व्यवस्था गर्नुपर्नेमा समेत जोड दिनुभयो। विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद् भने त्यो आलोचनाबाट मुक्त हुने गरी सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ।

नियमावली मस्यौदामाथिको छलफलमा बोल्दै उहाँले भन्नुभयो, ‘संसदीय व्यवस्थामाथि धेरै टीकाटिप्पणीहरू छन्। यसलाई गफ गर्ने अखडाको रूपमा पनि आलोचना गरिन्छ। त्यस कारण यो गफ गर्ने अखडा होइन, यो काम गर्ने थलो हो र जनताका प्रतिनिधिहरूको मर्यादित स्थान हो र गौरव गर्न लायक स्थान हो भन्नका लागि स्थापित गर्नुपर्ने छ एकातिर भने अर्कोतिर यसको संसदीय सर्वोच्चतालाई कायम राख्न जसरी सामन्तहरू निरङ्कुश नहोउन् भनेर त्यति बेला राजाहरूसँग म्याग्नाकार्टा गरियो, आज पनि संसद्मा जनप्रतिनिधिहरूले उठाएका जनताका भावनाहरूलाई सम्बोधन गर्नका लागि सरकारलाई जबाफदेही बनाउन र जनताका समस्यामा काम हुने गरी संसद्लाई स्थापित गराउन सरकारलाई यो संसद्प्रति जबाफदेही बनाउने, प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि संसद्प्रति उत्तरदायी बनाउने यो नियमावलीमा व्यवस्था हुनुपर्छ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार