तोलामा ८ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4464+ समाचार ( )
४ जेठ २०८३, सोमबार

काठमाडौं। सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार तोलामा चार हजार रुपैयाँ घटेको सुनको मूल्य हिजो पनि तोलामा ४५ सय घटेको थियो। 

हिजो सुनको मूल्य तोलाका २ लाख ९४ हजार रुपैयाँ थियो। सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने आज घटेको छ। तोलामा २० रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको मूल्य सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार