सरकार भ्रष्टाचारको पर्यावाची बन्योः प्रभु साह

Nagarik Sewa 4465+ समाचार ( )
८ आश्विन २०८२, आइतबार

काठमाडौं। संसदमा आज विनियोजन विधेयकमाथिको छलफलका क्रममा आजपाका अध्यक्ष तथा सांसद प्रभु साहले सरकारमाथि तीव्र आलोचना गर्दै सरकार र भ्रष्टाचार पर्यावाचीजस्तो बनेको आरोप लगाउनुभएको छ।

सांसद साहले राज्यका हरेक निकायमा बेथिति बढ्दो रहेको उल्लेख गर्दै भन्नुभयो, ‘जहाँ सरकार छ, त्यहाँ भ्रष्टाचार छ। सरकार अहिले असुलीमा लागेको छ।’ उनले मुख्यसचिव र सचिवहरूको स्वार्थअनुसार कानुन बनाउने काम भइरहेको दाबीसमेत गरे।

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उहाँकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको बताउनुभयो । 

सांसद साहले प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘उहाँ भन्नुहुन्छ म देशको झोले, तर राष्ट्रवादी दाबी गर्ने प्रधानमन्त्री विदेशीलाई नागरिकता दिने कानुन ल्याउन लागिपर्नुभएको छ ।’

आर्थिक अवस्थाबारे टिप्पणी गर्दै उनले राजस्व उठ्न नसकेको र देश ‘ग्रे लिस्ट’ मा परेकोप्रति चिन्ता व्यक्त गरे। नेपालको पुँजी विदेश लैजान सहयोग गर्ने बजेट आएको भन्दै उनले अर्थमन्त्रीमाथि समेत प्रश्न उठाए । उनले भने, ‘यस्तो अवस्थाबाट देशलाई कसरी आश्वस्त पार्न सकिन्छ रु’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार