एट्लेटिको मड्रिड च्याम्पियनस लिगको अन्तिम–१६ मा प्रवेश

Nagarik Sewa 4464+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

काठमाडौं । बेल्जियमको क्लब ब्रुगेलाई पराजित गर्दै एट्लेटिको मड्रिड च्याम्पियनस लिगको अन्तिम–१६ मा प्रवेश गरेको छ ।  मंगलबार ब्रुगेलाई समग्रमा ७–४ ले पराजित गर्दै एट्लेटिकोले अन्तिम–१६ मा स्थान बनाएकोे हो । एट्लेटिकोको जितमा एलेक्सजेन्डर सोर्लाेथले ‘ह्याट्रिक’ गरे ।  जोह्नी कार्डाेसोले पनि एक गोल गरे ।

जवाफमा ब्रुगेका जोइल ओर्डाेनेजले एक गोल फर्काए । यसअपघि सम्पन्न यी दुईबीचको पहिलो लेग ३–३ को बराबरीमा रोकिएको थियो ।  खेलको २३औँ मिनेटमा सर्लाेथले एट्लेटिकोलाई अग्रता दिलाए । तर, एट्लेटिकोले यो अग्रता लामो समयसम्म जोगाउन सकेन । ३६औँ मिनेटमा ब्रुगेका ओर्डाेनेजले टोलीको निम्ति बराबर गोल फर्काए । ४८औँ मिनेटमा कार्डाेसोले गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रतामा राखे । ७६औँ मिनेटमा सार्लाेथले अग्रतामा एक गोल थपे ।  ८७औँ मिनेटमा उनै सोर्लाेथले ‘ह्याट्रिक’ गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार