अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

Nagarik Sewa 4461+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै हुनुहुन्छ। हिजो सोमबार सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूबिच भएको छलफलमा प्रचण्डले आजको बैठकमा सम्बोधन गर्ने सहमति भएको थियो । 

तर पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले संसदमा आज सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित अुनुअुने छ । ओली आजै कोशी प्रदेश सभामा सम्बोधन गर्न विराटनगर जाने भएपछि अनुपस्थित हुने हुनुभएको हो। 

‘प्रधानमन्त्रीज्यूको कोशी प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम एक हप्ता पहिला नै तय भएको हो । विपक्षी दलको नेताले प्रतिनिधि सभामा बोल्ने हिजोमात्र तय भयो । त्यसकारण आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री उपस्थित हुन सक्नुभएन’ प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले भने । 

यसअघि गत माघ २४ गते प्रचण्डले संसदमा सम्बोधन गर्नुभएको थियो । उक्त दिनपनि प्रम ओली संसदमा अनुपस्थित हुनुहुन्थ्यो। सामान्यतया प्रधानमन्त्रीले संसदमा बोल्दा प्रमुख प्रतिपक्ष दलको नेता र प्रमुख प्रतिपक्ष दलको नेता बोल्दा प्रधानमन्त्री संसदमा उपस्थित हुने र कुरा सुन्ने प्रचलन छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार