एकीकृत समाजवादीप्रतिको आकर्षण उच्च: एकैदिन विभिन्न पार्टी परित्याग गरि समाजवादीमा समाहित

Nagarik Sewa 4461+ समाचार ( )
३० माघ २०८१, बुधवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) उदयपुर जिल्ला कमिटीद्धारा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

बुधबार पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। जिल्ला कमिटी अध्यक्ष विनोद खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सचिव बलदेव चौधरी, केन्द्रीय सदस्य दुर्गा परियार, सुनिता चौधरी, राममणी पोखरेललगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य उदयपुर जिल्लाका पार्टीका इन्चार्ज, केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र पार्टी जिल्ला अध्यक्षसहित जिल्ला कमिटीका अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेकपा एमाले र कांग्रेस परित्याग गरी करिब एक सय जना एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ। उहाँहरुलाई सम्मानित नेतासहित पार्टी सचिव चौधरीलगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै