राप्रपाले संसद् बहिस्कारलाई निरन्तरता दिने

Nagarik Sewa 4461+ समाचार ( )
१० आश्विन २०८२, मङ्गलबार

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको निर्णयमा अझै असन्तुष्ट रहेको पाइएको छ । सो समितिमा रहेका पात्रबारे असन्तुष्टि जनाउँदै राप्रपाले संसद् बहिस्कारलाई निरन्तरता दिने भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद् बहिस्कारलाई पार्टीले निरन्तरता दिने निर्णय गरेको बताउनुभयो। आजै प्रतिनिधिसभाको बैठक बस्दैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार