आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु

Nagarik Sewa 4464+ समाचार ( )
१ आश्विन २०८२, आइतबार

काठमाडौं। नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ। शनिबार रातीबाटै सो मात्रामा विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिनुभयो। 

उहाँले आजको दिनलाई ऐतिहासिक उपलब्धी समेत भन्नुभएको छ। त्यसो त बंगलादेशसँग विद्युत निर्यात गत वर्षबाटै सुरु भएको हो । अघिल्लो वर्ष एक दिन मात्र विजुली पठाएर औपचारिकता दिइएको थियो । अब नियमित रुपमा तेस्रो मुलुकमा विद्युत जाने छ । नेपालबाट भारतको ग्रिडमार्फत बंगलादेशमा विजुली पठाउन थालिएको हो ।

ऊर्जामन्त्री खण्डकाले बिहारलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार