तोलामा २ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4461+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

काठमाडौं। आज (मंगलबार) सुनको मूल्य तोलाको २ सय रुपैयाँ बढेको छ। आइतबार प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज गरेर जम्मा ६ सय रुपैयाँ बढेको हो। 

सुनको मूल्य आज प्रतितोला एक लाख ५१ हजार चारसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ५१ हजार दुईसय रुपैयाँ थियो।

चाँदीको मूल्य भने आज पनि स्थिर छ। चाँदी बिगत तीन दिनदेखि प्रतितोला एक हजार आठसय ४० रुपैयाँमा कारोबार हुँदै आएको छ। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार