प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न आग्रह

Nagarik Sewa 4461+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। आफ्नो नाम मतदाता नामावलीमा भएःनभएको आयोगको वेबसाइटबाट हेर्न सकिने उल्लेख गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सक्रिय नागरिक बनौँ, आफ्नो मताधिकार सुनिश्चित गरौँ ।’ १६ वर्ष उमेर पुगेका र नागरिकता लिएका प्रत्येक व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन् । तर, मतदान गर्ने अधिकार भने फागुन २० गते १८ वर्ष पूरा भएकाले मात्र पाउनेछन् ।

ऐनले मिति घोषणा भएपछि सोही निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भनेको थियो । तर, सरकारले आदेशमार्फत क्रियाशील गराए पश्चात असोज १२ गतेबाट मतदाता नामावली दर्ता तथा अध्याविधक सुरु भएको हो । यही ३० कात्तिकसम्म मतदाता नामावली दर्ता तथा अध्याविधक हुनेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार