सुनको मूल्यमा आज व्यापक गिरावट

Nagarik Sewa 4461+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

काठमाडौं । हिजो तोलाको पाँचसय रुपैयाँ मात्रै बढेको सुनको मूल्यमा आज व्यापक मात्रामा गिरावट आएको छ।  सुनको मूल्य आज प्रतितोला तीन हजार पाँचसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर आज सुन तोलाको एक लाख ८१ हजार आठसय रुपैयाँमा झरेको छ। 

विगत चार दिनदेखि घट्दै आएको सुनको मूल्य हिजो (बुधबार) प्रतितोला पाँचसय रुपैयाँ बढेर एक लाख ८५ हजार तीनसय रुपैयाँ कायम भएको थियो। यसअघि गएकाे शुक्रबारदेखि मंगलबारसम्म सुनकाे मूल्यमा निरन्तर गिरावट आएकाे थियाे।

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य निरन्तर घट्दै आएकाे छ। आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय २५रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै