तोलामा १४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4461+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

काठमाडौं। बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु १ हजार ४०० घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ८०० कायम भएको छ।

 चाँदीमा भने प्रतितोला रु पाँचले वृद्धि भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६० मा बेचबिखन भइरहेको छ। बिहीबार प्रतितोला सुन रु एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९५५ मा खरिदबिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै