उत्तराखण्ड। उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा रहेको खीर गंगा गदेरामा अचानक आएको बाढीका कारण मंगलबार चार जनाको मृत्यु भएको छ। बाढीले धेरै घर र होटलहरू बगाएको छ।
उत्तरकाशीका जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यले यस घटनामा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यसैबिच, एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई भने, ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार ४० देखि ५० घरहरू बगाएका छन् र ५० भन्दा बढी मानिसहरू बेपत्ता छन्।’
गंगोत्री धामभन्दा लगभग २० किलोमिटर अगाडि अवस्थित धराली एउटा प्रमुख बिसौनी हो जहाँ हरेक वर्ष चारधाम यात्राको समयमा ठुलो सङ्ख्यामा भक्तजनहरू बस्छन्। हाल सेना, एसडीआरएफ, एनडीआरएफ र जिल्ला प्रशासनका टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्। एजेन्सी