पेट्रोलियम पदार्थको भन्सार र पूर्वाधार करमा ५० प्रतिशत छुट

Nagarik Sewa 4461+ समाचार ( )
२४ चैत्र २०८२, मङ्गलबार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार कर ५० प्रतिशत घटाएको छ । मंगलबार (चैत २४) बसेको मन्त्रिपरिषद्को बैठकमा पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुटको निर्णय गरिएको  हो । संघीय मामिला तथा प्रशासन र भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले कर घटाइएको जानकारी दिइन् । 

छुटअघि पेट्रोलमा भन्सार २५ रुपैयाँ २३ पैसा र भ्याट २३ रुपैयाँ २४ पैसा लाग्छ ।  पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत सम्भार कर ४ रुपैयाँ, मूल्य स्थिरीकरण कोष २ रुपैयाँ २ पैसा, प्रदूषण कर १ रुपैयाँ ५० पैसा र हरित कर १ रुपैयाँ लाग्ने गरेको छ । यस्तै सरकारले डिजेलमा प्रति लिटर ४९ रुपैयाँ २८ पैसा कर लाग्छ । यस्तै भन्सार १२ रुपैयाँ ३ पैसा, सडक मर्मत सम्भार २ रुपैयाँ, प्रदूषण कर १.५० रुपैयाँ, पूर्वाधार कर १० रुपैयाँ, हरित कर १ रुपैयाँ, भ्याट २०.९४ रुपैयाँ र मूल्य स्थिरीकरण कोष १.८२ रुपैयाँ छ ।

एलपी ग्यासमा राज्यले ३२४.९५ रुपैयाँ कर लाग्छ । जसमा भन्सार ९०.८१ रुपैयाँ, ढुवानी शुल्क १.१८ रुपैयाँ, भ्याट २१३.८५ पैसा र मूल्य स्थिरीकरण कोष १९.१० रहेको छ । हवाई इन्धनमा पनि प्रतिलिटर ३४.४८ रुपैयाँ कर लाग्ने गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार