नेता गौतमलाई नेकपा एसको तेस्रो वरीयता

Nagarik Sewa 4461+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सातौँ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौँ सचिवालय बैठकले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरीयता तोकिएको हो।

पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराउनुभएको छ। ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिइएको छ। त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहम्मद शेर वागवानलाई रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार