एमालेलाई जिस्काउनु र बिच्काउनु महंगो पर्छः अध्यक्ष ओली

Nagarik Sewa 4461+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महंगो पर्न जाने बताउनुभएको छ। झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुग्नुभएका ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताउनुभएको हो।

झापामा केहीबेरअघि ओली उम्मेदवारी दर्ता गर्न जाँदा केही युवाहरूले धकेलाधकेल गरेका थिए । तर, ओलीले त्यहाँ कुनै ठूलो झडप नभएको बताउनुभयो। ‘एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महंगो हुन जान्छ । त्यो कसैले पनि नगर्दा हुन्छ,’ ओलीले उक्त घटनाप्रति संकेत गर्दै भन्नुभएको छ।

रास्वपा अहिलेको सरकार संरक्षित दल भएको बताउनुभएको हो। ‘अहिले देशमा आगो लगाउन लागिरहेका छन्, तिनले भ्रम पार्न खोज्दैछन् । नयाँ पिँढिमा भ्रम छ । देश बचाउनका लागि अनुभवि नेतृत्व चाहियो,’ ओलीले भन्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार