९.२२ अंकले घट्यो नेप्से

Nagarik Sewa 4461+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा आइपुगेको छ। सोमबार र मंगलबार लगातार दुई दिन बढेको बजार त्यसपछिका दुवै दिन घटेको हो। 

बजार घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ। बुधबार पाँच अर्ब २० करोडको कारोबार भएकोमा बिहीबार पाँच अर्ब दुई करोड रूपैयाँको कारोबार भएको छ।  

बिहीबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये निर्जीवन बीमा कम्पनी मात्रै बढेको छ। अन्य सबै समूहमा एक प्रतिशतभन्दा कमले घटेका छन्। कारोबारमा आएक ३१९ कम्पनीमध्ये ८८ वटाको मूल्य बढेको छ। त्यस्तै, दुई सय २२ वटाको सेयर मूल्य घटेको छ। बुधबारबाट कारोबारमा आएको विकास हाइड्रोको सेयर मूल्य आज पनि बढेर सर्किट ब्रेक लागेको छ। सबैभन्दा धेरै १० प्रतिशतले बढेर कम्पनीको सेयर तीन सय ५३ रूपैयाँ ४० पैसा पुगेको छ। 

जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.६५ प्रतिशतले घटेर एक हजार दुई सय ६३ रूपैयाँमा कारोबार भएको छ। आज हिमालयन रि इन्सुरेन्सको सबैभन्दा धेरै रूपैयाँको सेयर कारोबार भएको छ। कम्पनीको २४ करोड ९ लाख रूपैयाँको कारोबार भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार