नारायणकाजी श्रेष्ठविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता

Nagarik Sewa 4461+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। आयुष दाहालले अदालत,न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी टिप्पणी गरेको भन्दै अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दिएका हुन् ।

अवहेलना मुद्दाको सुनुवाइका लागि मंगलबार भदौ १७ गतेका लागि पेसी तोकिएको छ । पूर्वगृहमन्त्री श्रेष्ठले अदालत पुग्ने व्यक्तिहरूले घुस खुवाउन वा भनसुन गर्न नसके न्याय नपाउने भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार