सुनचाँदीको मुल्य बढ्यो

Nagarik Sewa 4461+ समाचार ( )
३ चैत्र २०८२, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। मंगलबार छापावाल सुनको मुल्य तोलाको ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ९ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख ९ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर ५३३५ मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ५२६५  मा कारोबार भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै