छोराले गरे कोदालो प्रहार गरी बाबु र छिमेकीको हत्या

Nagarik Sewa 4461+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

काठमाडौं। पश्चिम नवलपरासीको सुनवलमा आज बिहान ११ बजे छोराले बाबु र छिमकीको हत्या गरेका छन्। सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेका छन् ।

जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका छन् । 

इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपित पक्राउ गरिसकेको प्रहरीको भनाइ छ। खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार