मदन भण्डारीको ७५ औं जन्मजयन्ती व्यवस्थित तरिकाले मनाउन सम्पर्क कार्यालय खोलेको होः ईश्वर पोखरेल

Nagarik Sewa 4461+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

काठमाडौं। काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने क्रममा कामलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोलेको बताउनुभएको छ। 

‘जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सिलसिलामा मदन भण्डारी फाउन्डेशनद्वारा गठन गरिएको आयोजक समितिले आफ्नो कामलाई व्यवस्थित गर्नका लागि कार्यालय स्थापना गरेको हो । यो त्यही कार्यालय हो,’ पोखरेलले भन्नुभयो । आयोजक समितिले मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर कार्यालय स्थापना भएको पोखरेलको भनाइ छ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचारको प्रखरताको झन्डा बोकेर अघि बढ्ने बेलामा मदन भण्डारी फाउन्डेशनले भूमिका खेलेको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै