महिलाले आफैँलाई लगाइन् आगो

Nagarik Sewa 4461+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

काठमाडौं। काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सुकुम्वासी जागृत टोलमा बस्ने एकजना महिलाले आफैँलाई आगो लगाएकी छन्। ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

श्रीमानसँग विवाद भएपछि उनले आगो लगाएको थाहा भएको छ। गएराति पौने १० बजेतिर शरीरमा आगो लगाएपछि परिवारको सदस्यहरूले उनलाई नयाँ बजार स्थित पिपल्स अस्पताल लगेका थिए । 

चिकित्सकका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै