संघीय मन्त्रालयको संख्या घटाएर १७ बनाइने

Nagarik Sewa 4461+ समाचार ( )
१ वैशाख २०८३, मङ्गलबार

काठमाडौं ।  भक्तपुरमा मंगलबार प्रसिद्ध बिस्केट जात्रा मनाइँदैछ । मौलिक साँस्कृतिक पहिचान बोकेको ऐतिहासिक एवं परम्परागत जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको हाे । तान्त्रिक विधिअनुसार नयाँ वर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा मंगलबार बिहानैदेखि शुरु भएको छ ।

भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको ५५ हात लामो लिङ्गो जात्रा हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र मंगलबार दिनभरी भव्य मेला गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ ।

यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने र शत्रु नाश हुने जनविश्वास रहेको छ । मंगलबारै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हाे । त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ । यहाँ गणेशको खट जात्रा गरिएको हाे ।

उता मध्यपुरथिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवं सिद्धिकाली जात्रा सम्पन्न गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार