फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द हुने

Nagarik Sewa 4461+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । 

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो। त्यसलाई बेवास्ता गरेपछि सरकारले सामाजिक सन्जाल निष्कृय बनाउने निर्णय गरेको हो ।

 सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसंचार प्राधिकरणलाई निर्देशन पनि दिइसकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार