४५.३६ अंकले घट्यो नेप्से

Nagarik Sewa 4461+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

काठमाडौं। नेप्से परिसूचक बुधबार ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको छ। हिजो नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ विन्दुमा अडिएको थियो।

आज ३३५ स्क्रिप्सको १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर ५ अर्ब ७६ करोड २७ लाख १ हजार ११० रुपैयाँमा खरिदबिक्री भए। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।  कारोबार रकमका आधारमा  नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

युनियन हाइड्रोपावरले २४ करोडको सेयर कारोबार गर्दा सिनर्जी पावर डेभलपमेन्टले २२ करोड,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड र हिमालयन रिइन्स्योरेन्सको १७ करोड मूल्य बराबरको कारोबार भयो। कारोबारमा आएकामध्ये १८ वटा स्टक्सको मूल्य बढ्दा २३२ वटाको घट्यो। एक स्टकको मूल्य भने स्थिर रह्यो। १३ वटा समूहको उपसूचक नकारात्मक देखिएका छन्।  होटल्स र फाइनान्स समूहको उपसूचक सर्वाधिक ३ प्रतिशत बढीले घट्यो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार