शिक्षक महासंघद्वारा कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना

Nagarik Sewa 4461+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

काठमाडौं। विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ भदौ ९ गतेदेखि आन्दोलनमा छ। जसअन्र्तगत आन्दोलनरत शिक्षक महासंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कांग्रेस कार्यालयमा शिक्षकहरूले धर्ना दिने कार्यक्रम छ।  

राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण पत्र दिनेदेखि पार्टी कार्यालयहरूमा धर्ना दिनेसम्मका कार्यक्रम छन्। आन्दोलनको कार्यक्रमअन्तर्गत शिक्षक महासंघले बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयको ढोकैमा धर्ना दिएका हुन्। 

उनीहरूले भदौ १२ गते नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासल, भदौ १३ गते नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम तय छ। विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस भइसकेको छ। प्रतिनिधि सभाबाट पारित भएर विधेयक राष्ट्रिय सभामा जाने र त्यहाँबाट पारित भई अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। विधेयक प्रमाणीकरण भएपछि ऐनको रूप लिनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै