सुनको मूल्यमा वृद्धि

Nagarik Sewa 4461+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ। चाँदी पनि आज महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सोमबारदेखि बिहीबारसम्म चार हजार रुपैयाँ घटेको सुनको मूल्य गएको शुक्रबार भने प्रतितोला सातसय रुपैयाँ बढेको थियो। आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेको हो। 

मूल्य बढेर आज सुन तोलाको एकलाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। गएको शुक्रबार सुनको मूल्य प्रतिोला एक लाख ८८ हजार पाँचसय रुपैयाँ थियो।  गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी एक हजार नौसय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै