श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Nagarik Sewa 4461+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन्।

 मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घरमा कोही नभएको मौका छोपी मानबहादुरले घाँटी थिचेर श्रीमती दुर्गालक्ष्मीको हत्या गरेका थिए।  पक्राउ परेका मानवबहादुरले श्रीमती पक्षघातको बिरामी भई हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेकाले आफू तनावमा आई श्रीमतीको घाँटी थिचेर हत्या गरेको र आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनेर प्रहरीमा बयान दिएका छन्। 

दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै