स्विमिङ पुलमा डुबेर १ जनाको मृत्यु

Nagarik Sewa 4461+ समाचार ( )
८ जेठ २०८२, बुधवार

चितवन। भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको गएराति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको स्विमिङ पुलमा डुबेर मृत्यु भएको छ। साथीसँग पौडी खेल्न गएका उनी डुबेको भेटेपछि ८ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले भरतपुर महानगरपालिका–२२ का सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, दिपेश महतो, शुबु खत्री र महानगरपालिका–१३ का आदेश सुवेदी, १४ का आशिष शर्मा र लमजुङ सुन्दरबजारका नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै