जाडोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

Nagarik Sewa 4461+ समाचार ( )
१६ पौष २०८२, बुधवार

काठमाडौं।  सिराहाको गोलबजार नगरपालिका ८ मुसहरी टोलका अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण बढेको जाडोले कठ्याङ्ग्रिएर एक जना वृद्धको मृत्यु भएको छ। गए राति ५५  वर्षीय शिवदयाल सदायको कठ्याङ्ग्रिएर मृत्यु भएको हो।

क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदाय आज बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको प्रहरीले जनाएको छ। शव जलाउन दाउरा समेत जोहो गर्न नसक्ने आर्थिक अवस्थाका उनको परिवार दाउरा पर्खेर शव घरमै राखिरहेको सामाजिक अभियन्ता अर्जुन थपलियाले बताए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार