
काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत रूकुम खण्डको गोइरीज्युलामा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । चौरजहारी नगरपालिका-१०, खोलागाउँबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी–८ मा दुर्घटनामा परेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार घाइते २२ मध्ये ७ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको भट्टराईले बताए
साथै सोमबार बिहान मध्यपहाडी राजमार्गअन्तर्गत रूकुम खण्डको सुलिहालेमा विपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा एक जना महिला घाइते भएकी छिन् । लु ४६ प ५२३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सानीभेरी-२ पुर्तिमबाँडाकी ७० वर्षीया मोती पुन घाइते भएकी हुन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारका लागि अस्पतालतर्फ पठाएको छ ।