Logo

सशस्त्र प्रहरी बल रौतहटका एसपी माधव रेग्मीको सक्रियतामा ४ थान हतियार बरामद


Nagarik Abaj ४ मंसिर २०८०, सोमबार १०:२९ मा प्रकाशित

रौतहट । सशस्त्र प्रहरी बल नेपाल रौतहटका एसपी माधव रेग्मीको सक्रियतामा ४ थान अत्याधुनिक हतियार बरामद भएको छ । रौतहटको यमुनामाई नगरपालिका– ३ स्थित एक घरबाट आइतबार दिउँसो एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोलि १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल बरामद गरेको भएको हो ।

सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा इन्टेलिजेन्स ब्यूरोले आइतवार दिउँसो सो घरमा खानतलासी गरेको थियो ।

बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेडइन इन्डिया लेखिएको छ । हतियारसहित मोबाइलको सोमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएक एसपी माधव रेग्मीले जानकारी दिए ।
सो क्षेत्रमा थप अप्रेशन जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार अप्रेशन जारी रहेकाले केही व्यक्ति घरभित्रै ढोका थुनेर बसेका छन् । हतियार बरामदपछि स्थानीयबासिन्दाले ढुङ्गामुढा गर्दा प्रस्तावित सिमा सुरक्षा गुल्म गौर र सुरक्षा बेश देबाहीको गाडीको सिसा फुटेको छ ।


ताजा समाचार