Logo

कमलपोखरी र गुह्वेश्वरी पुगेर राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधना


Nagarik Abaj ३ मंसिर २०८०, आईतवार २१:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कमलपोखरी र गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गर्नुभएको छ । आइतबार राष्ट्रपति पौडेलले कमलपोखरी र गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गर्नुभएको हो ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रही आएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रुपमा मनाउने गरिन्छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि भव्य रुपमा सजाइएको थियो ।

छठ पर्व हेर्ने सर्वसाधारणहरुको पनि छठ घाटमा उल्लेख्य भीड रहेको थियो । गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र वागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरी पूजा आराधना गरिएको छ ।


ताजा समाचार