Logo

इलामको रोङ गाउँपालिकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु ३६ घाइते


Nagarik Abaj ३ मंसिर २०८०, आईतवार २१:०४ मा प्रकाशित

काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ घाइते भका छन् ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षे अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

लामाको रुखमा अड्किएर मृत्यु भएको बताईएको छ । अहिले घाइतेहरुलाई झापाको बिएण्डसी अस्पताल पठाइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । बसमा सवार ३७ मध्ये ३६ यात्रु दुर्घटनामा घाइते भएका हुन् । धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा अर्याल चोक नजिकै आईतबार करिब ५ बजे तिर राजमार्गबाट खसेर दुर्घटना भएको हो ।

इलाम


ताजा समाचार