Logo

आज पनि सुनको मूल्य वृद्धि


Nagarik Abaj १ मंसिर २०८०, शुक्रबार १४:४२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कार्तिक २७ गतेदेखि बन्द रहेको सुनको कारोबार आज खुल्ला भएको दिन भारी मात्रामा बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार तीन सय रुपैयाँले बढेरर छापावाल प्रतितोला १ लाख १५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन तोलामा १ लाख १४ हजार नाै सय पचास रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि भारी मात्रामै बढेको छ । कारोबारको अन्तिम दिन कार्तिक २७ गते प्रतितोला १ हजार तीन सय साठी रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बजार खुलेकै दिन ९० रुपैयाँले बढेर १ हजार चार सय पचास रुपैयाँमा कारोबार भइरहेको छ । 


ताजा समाचार