Logo

भूकम्पपीडितलाई १० हजार जुत्ता चप्पल


Nagarik Abaj २६ कार्तिक २०८०, आईतवार २०:२६ मा प्रकाशित

काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ ।

कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार एक सय ५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो ।


ताजा समाचार