
काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारमा फूल व्यापारीहरुका लागि चार वटा स्थान तोकिदिएको छ । तीनकुने, बबरमहल, भृकुटीमण्डप र बालाजुबाट फूल माला बेच्न पाइने गरी स्थान तोकिएको छ । तर, उपभोक्ता र फूल व्यापारीहरु महानगरको व्यवस्थाप्रति अनभिज्ञ हुँदा व्यापारी र उपभोक्ता मारमा परेका छन् ।
बिगतका वर्षहरुमा तिहारको बेला सडक सडकमा बसेर फूल बेच्ने व्यापारीहरुलाई यस पटक महानगरपालिकाले भृकुटीमण्डप तोकिदिएपछिको स्थानीयको पिरमा छन् । हानगरपालिकाले उपभोक्ता र व्यापारीहरुलाई सहज होस भनेर भृकुटीमण्डप तोकिदिए पनि नगरप्रहरीले नयाँ सडकका फुल व्यापारीहरुलाई एकाबिहानै नियन्त्रणमा लिई भृकुटीमण्डप लगेपछि उनीहरुले विरोध जनाएका थिए । व्यापारीलाई महानगरले लखेट्दा अति नै नराम्रो भएको बताउनुभयो आशिष थापा बताउनुहुन्छ ।
व्यापारी मात्रै होइन सडक र चोक चोकबाट फूल किन्दै आएका उपभोक्ता पनि महानगरपालिकाको नियमप्रति सन्तुष्ट देखिएका छैनन् ।
विगत १५ बर्षदेखि तिहारमा सयपत्री फलूको वयापार गदै आएका ललितपुरकी ६५ बर्षिया देबी पन्त पनि तिहारका लागि ज्यालामा माला उन्न लगाई बिक्री गर्न काठमाडौं आउँदा बिक्रीस्थल परिवर्तनका कारण निरास बनिन् । रामेछापका कृष्णहरि चौलागाई पनि विगतमा जस्तो आफूले चाहेको स्थानमा बसेर फूल बेच्न नपाएकोमा खुशी छैनन् ।
केही दिन यता फूल टिप्न भ्याइ नभ्याई गरी व्यापारका लागि काठमाडौं आएका अन्य फूल व्यापारीहरु पनि एउटा निश्चित ठाउँमा बसेर फूल माला बेच्नुपर्ने नियमप्रति सन्तुष्ट देखिएनन् ।